हालसम्म लकडाउन उल्लंघन गर्ने ५ हजार १९१ सवारी साधन नियन्त्रणमा | Khabarhub Khabarhub

हालसम्म लकडाउन उल्लंघन गर्ने ५ हजार १९१ सवारी साधन नियन्त्रणमा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ ।

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा समेत ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ गरेको जानकारी दिएको हो ।

मंगलबार मात्र ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ५ सय १० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा ५४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

बिहान ६ बजे देखि दिउँसो ४ बजे सम्म उक्त उक्त संख्यामा सवारी साधन नियन्त्रणमा लिइएकाे हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेर सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ ।

भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन लागू गरिरहेको छ ।

लकडाउनको उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित वेलुका उक्त सवारी साधन छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लंघन गर्ने ५,१९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।

पाससम्बन्धी नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्धारा विभिन्न मितिमा जारी भएको ७ (सात) दिने पहेलो रङको सवारी पास अब थपिएको लक डाउन अवधिभर मान्य हुने जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जानकारी गराएको ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने- “अन्य १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने आजकै मितिवाट खारेज भएको छ ।”

पास भएकालाई पनि विशेष निगरानी

पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : १७ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०