कोरोना प्रभावित अर्थतन्त्र चलायमान बनाउन प्रयत्न गर्ने गभर्नर अधिकारीको प्रतिवद्धता | Khabarhub Khabarhub

कोरोना प्रभावित अर्थतन्त्र चलायमान बनाउन प्रयत्न गर्ने गभर्नर अधिकारीको प्रतिवद्धता


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संक्रमणले बिग्रिएको व्यावसायिक वातावरणलाई ठिकठाक बनाउन आफूले सक्दो प्रयत्न गर्ने उनले जनाएका छन् । यसका लागि राष्ट्र बैंकले कार्यक्रम ल्याउँने उनले प्रष्ट्याएका छन् ।

गभर्नरको पदबहालीपछि नेपाल राष्ट्र बैंकले राखेको स्वागत कार्यक्रममा अधिकारीले मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने जनाएका छन् ।

केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको भन्दै अधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ०२ बजे

बझाङमा एमालेले उछिन्यो कांग्रेसलाई, १० मतको अग्रता

काठमाडौं – बझाङ प्रदेशसभा १ उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी