लकडाउन उल्लघ‌ंन गर्ने १ हजार ५९५ जना पक्राउ | Khabarhub Khabarhub

लकडाउन उल्लघ‌ंन गर्ने १ हजार ५९५ जना पक्राउ


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्ने झन्डै १६ सय जना पक्राउ परेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरबाट गरी प्रहरीले मंगलबार १ हजार ५ सय ९५ जनालाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिइ ३ घण्टासम्म होल्ड गरेर छाडिएको जानकारी दिए ।

प्रहरीका अनुसार लकडाउन उल्लंघन गर्ने क्रममा बिहानीको समयमा बढी हुने गर्छ । मंगलबार पनि बिहान ८ बजेसम्म मात्रै १ हजार ३ सय ३१ जना लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए ।

यस्तै, प्रहरीले मंगलबार लकडाउन उल्लंघन गर्ने ५ सय ४५ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ०१ बजे

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे