भोलि पृथ्वीको सबैभन्दा नजिक हुँदैछ चन्द्रमा, ठूलो र बढी चम्किलो देखिने | Khabarhub Khabarhub

भोलि पृथ्वीको सबैभन्दा नजिक हुँदैछ चन्द्रमा, ठूलो र बढी चम्किलो देखिने


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोली बिहान अर्थात चैत २६ गते बर्षभरिकै सबैभन्दा ठुलो र चम्किलो चन्द्रमा आकाशमा देखिने छ । खगोलविद्का अनुसार यस्तो चम्किलो र ठुलो चन्द्रमा देखिने मौका चालु बर्षको अन्तिम अर्थात भोलि मात्र हुनेछ । यसरी सुपरमुन देखिने मौका बारम्बार पाइदैन ।

भोली चन्द्रमा र पृथ्वीबीचको दूरी सबैभन्दा कम हुनेछ । पृथ्वी र चन्द्रमाबीच ३ लाख ८४ हजार ४ सय किलोमिटरको दूरी छ । यी दुबैबीच अधिकाशं दूरी ४ लाख ५ हजार ५ सय ९६ सम्म हुनसक्छ । तर सुपरमुनका समयमा पृथ्वी र चन्द्रमाबीचको दूरी घटेर ३ लाख ५६ हजार ९ सय किलोमिटरसम्म हुनेछ ।

भोलि देखिने सुपरमुनका क्रममा अरुबेला देखिने चन्द्रमा भन्दा आकारमा ठुलो देखिने छ । औसत दिनको तुलनामा चन्द्रमा आकारमा झण्डै १४ प्रतिशत ठुलो देखिन्छ । यसको चमक ३० प्रतिशतसम्म बढ्नेछ । यस पटक चन्द्रमा गुलावी रंगको हुनेछ ।

अंग्रेजी वेबसाइट द इन्डिपेन्डेन्टको रिर्पाेट अनुसार सुपरमुन ७ अप्रिलको बेलुकी अनुमानित ११ बजेर ३० मिनेटमा देखिनेछ । सीएनइटीको रिपोर्ट अनुसार नेपालमा सुपरमुन ८ अप्रिलको अपरान्ह २ बजेर ३५ मिनेट (जीएमटी) नेपाली समय अनुसार चैत २६ गते बिहान ८ बजेर २० मिनेटमा देखिने छ । जसका कारण नेपालमा अत्यधिक उज्यालो भएकाले चन्द्रमाको पुर्ण सुन्दरता भने देखिने छैन । तर अहिले अपरान्ह (चैत २५को अपरान्ह)पछि नै चन्द्रमा चम्किलो हुन थाल्नेछ ।

सुपरमुन शब्दको पहिलो प्रयोग एस्ट्रोनामर्स रिचर्ड नालले सन् १९७९ मा गरेका थिए । उनले त्यसबेला यसलाई पेरीजीन फुल मून नाम दिएका थिए । त्यसबेला नालले सुपरमुनका क्रममा चन्द्रमा नजिकिदाँ पृथ्वीबाट करीबन ९० प्रतिशत हिस्सा देखिने बताएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : १२ बजे

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २