भेनेजुएलामा सुरक्षा तैनाथी उच्च, आवश्यक परे अमेरिकासँग युद्ध गर्ने | Khabarhub Khabarhub

भेनेजुएलामा सुरक्षा तैनाथी उच्च, आवश्यक परे अमेरिकासँग युद्ध गर्ने


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनेजुएलाले मुलुकभर तोप राख्दै सुरक्षा तैनाथी उच्च बनाएको छ ।

अमेरिकासँग बढ्दो टकराबसँगै राष्ट्रपति निकोलस मादुरोले देशैभरि तोप राख्दै सुरक्षा सतर्कता उच्च बनाएका हुन् ।

अमेरिकाले हमला गरेको खण्डमा अमेरिकालाई उसकै भाषामा जवाफ दिने समेत उनले बताएको भारतीय पत्रिका नवभारत टाइम्सले जनाएको छ ।

भेनेजुएलाका राष्ट्रपतिमाथि अमेरिकाले यसअघि नै उनको मोल तोकिसकेको छ । अमेरिकाले मादक पदार्थ तस्करी गरेको आरोपमा उनको मूल्य डेढ करोड डलर तोकेको थियो ।

मादुरोले एक ट्वीट गर्दै लेखेका छन्, ‘मैले आफ्नो देशका नागरिकहरुको सुरक्षाका लागि यो रणनीतिक रुपबाट हरेक इलाकामा तोप तयार गर्न आदेश दिएको हुँ ।’

उनले भनेका छन्, ‘म कोलम्बिया तथा अमेरिकाबाट पोषित समूहहरुको निन्दा गर्दछु, जसले कारवाहीको माध्यमद्वारा हाम्रो देशको स्थिरतालाई कमजोर बनाउन चाहान्छन् ।’

यसअघि मंगलवार मादुरोले विश्वभरिका नेताहरुलाई सम्बोधन गर्दै भनेजुएला सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मादुरोका अनुसार अमेरिकाले लगाएको लागुऔषध तस्करी गरेको आरोप लगाउँदै आएको छ ।

अमेरिकाले लागुऔषध तस्करीको मामिलामा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी गर्न मिल्ने सूचना दिनेलाई १.५ करोड डलर दिने अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले घोषणा गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : ५३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला