मुगुका सीमा नाकामा ‘हेल्थ डेस्क’ राखिने | Khabarhub Khabarhub

मुगुका सीमा नाकामा ‘हेल्थ डेस्क’ राखिने


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – छिमेकी देश चीनबाट शुरु भएको कोरोनाभाइरसको संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्थ डेक्स’ राखिने भएको छ ।

शुक्रबार बसेको जिल्लाका सरोकारवाला निकायको बैठकले गरेको निर्णयअनुसार छिमेकी देश चीनसँगै सीमा जोडिएका सीमा नाका नाक्चालाग्ना लगायतका प्रमुख प्रवेशद्वारमा ‘हेल्थ डेक्स’ राखिने निर्णय गरिएको छ ।

मुगुमा कोराना भाइरसको सङ्क्रमण हुन नदिन र भई हाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरी हेल्थ डेक्स राखी जाँच गरिने भएको हो ।

हुम्लाबाट भित्रिने जिल्लाको सीमाना छायाँनाथ रारा नगरपालिका–१२ बामगाउँमा, जुम्लाबाट भित्रिने नाका छायाँनाथ रारा नगरपालीका–७ पिनागाउँमा, हवाई यातायातबाट भित्रिने रारा विमानस्थल ताल्चमा, बाजुराबाट भित्रिने खत्याड गाउँपालिकाको झुगालामा र चीनको सिमाना नजिकपर्ने गाउँ मुगुमा हेल्थ डेस्कको स्थापना गरी जाँच गरिने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १ : ५४ बजे

बझाङ उपनिर्वाचन : अग्रता बढाउँदै एमालेका भण्डारी, पच्छ्याउँदै कांग्रेसका सिंह

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक