क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको नेतृत्वमा नेपाली युवती | Khabarhub Khabarhub

क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको नेतृत्वमा नेपाली युवती


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत – विश्वकै प्रतिष्ठित मध्येको एक क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको नेतृत्वमा नेपाली युवती पुगेकी छन् ।

युनियनको अध्यक्षमा नेपाली युवती आस्था दाहाल निर्वाचित भएकी भएसँगै ख्यातिप्राप्त विश्वविद्यालको विद्यार्थी युनियनको नेतृत्व नेपालीमा पुगेको हो ।

आस्थाले कुल खसेको २ हजार ७ सय ४४ मतमध्ये एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन् । उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनले ७ सय ८ मत प्राप्त गरिन् ।

दाहालले आगामी जुलाईदेखि जिम्मेवारी सम्हाल्ने छिन् । विश्वभर प्रख्यात क्याम्ब्रिज बेलायतको पुरानो बिश्वविद्यालय हो ।

आस्थाले विश्वविद्यालयमा मानसिक स्वास्थ्य सेवालाई बढावा दिने र विद्यावारिधिका विद्यार्थीलाई दिइने आर्थिक सहयोग बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १ : २१ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको