झापामा क्यान्सर सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने | Khabarhub Khabarhub

झापामा क्यान्सर सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–प्रदेश एकमा रहेको एकमात्र क्यान्सर अस्पताल पूर्वाञ्चल क्यान्सर अस्पतालले झापाको धुलाबारीमा क्यान्सर सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

मानिसहरुलाई क्यान्सरको विषयमा सचेतना फैलाउने उदेश्यले क्यान्सर सम्बन्धि सम्मेलन गर्न लागिएको अस्पतालले जनाएको छ ।
सम्मेलन आगामी बैशाख ६ र ७ गते दुईदिन हुने अस्पतालले जनाएको छ ।

प्रदेश एकको झापामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल प्रदेश एकमा पहिलो पटक सञ्चालित क्यान्सर अस्पताल हो ।

एक सय शय्या रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा मेडिकल अंकोलोजी, केमोथेरापी, हेमाटो अंकोलोजी, पेडियाट्रिक अंकोलोजी, रेडिएसन अंकोलोजी, फोरडी सिटी गामा क्यामेरा, क्याथ ल्याब, सर्जिकल अंकोलोजी लगायतको क्यान्सर स्म्बन्धि सबै किसिमका उपचार सेवाको व्यवस्था रहेको छ ।

गत पौष १६ गते देखि सञ्चालमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न एवं असहाय तथा जेष्ठ नागरीकलाई लक्षित गरेर शय्या शुल्कमा छुटको समेत व्यवस्था गरेको छ ।

नेपालमा रहेका क्यान्सर पीडित नागरीकलाई कम समय तथा उचित लागत मा उपचार गर्ने उदेश्यले क्यान्सर अस्पताल स्थापन गरीएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ४ : ५० बजे

डा. रवीन्द्र समीरको ‘पैसाको उडान’  प्रकाशित 

काठमाडौं– लघुकथा विधाका अगुवा डा. रवीन्द्र समीरको १५ औं साहित्यिक

दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट 

तुलसीपुर– दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर

बालबालिकासम्बन्धी ऐन कार्यान्वयन गर्न अदालतद्वारा परमादेश

खजुरा– बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिकासम्बन्धी ऐनलाई कार्यान्वयन

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको