सप्ताहव्यापी स्वयम्भू महोत्सव सम्पन्न | Khabarhub Khabarhub

सप्ताहव्यापी स्वयम्भू महोत्सव सम्पन्न


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘स्वयम्भू जाउँ, नेपाल पर्यटन वर्ष मनाऔं’ भन्ने नारासहित पुष १६ बाट शुरु भएको ‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना सप्ताहव्यापी स्वयम्भू महोत्सव आज सम्पन्न भएको छ ।

काठमाडौँ महानगरपालिका वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सम्पन्न भएको सो महोत्वसको समापन समारोहलाई आज सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका विश्व सम्पदा सूचीमा सुचीकृत स्थानहरुको पहिचानलाई बिश्वभर फैलाउन महानगरपालिका सक्रिय रहेको बताए।

केही दिन अघि मात्रै नेपाल भ्रमण वर्ष २०२० घोषणा भएको भन्दै यस्ता महोत्वस अब स्वयम्भूसँगै अन्य सम्पदा क्षेत्रलाई पनि लक्षित गरेर आयोजना गर्ने पनि उनले बताए ।

‘विश्व सम्पदा सूचिमा सूचिकृति स्वयम्भू, हनुमानढोका, पसुपति र बौद्ध महानगरपालिका र नेपालमा मात्र सम्पदा होइनन्,’ मेयर शाक्यले भने, ‘यी विश्वका सम्पदा हुन् । त्यसैले तिनीहरुको पहिचान विश्वभरी नै फैलाउनका लागि हामीले यस्तै महोत्वसव अब अन्य सम्पदा क्षेत्रलाई पनि लक्षित गरेर आयोजना गर्नुपर्छ ।’

उनले काठमाडौं बाह्य पर्यटकका लागि मात्र नभई आन्तरिक पर्यटनका लागि पनि ठूलो सम्भावना रहेको भन्दै आगामी दिनमा पर्यटन प्रर्वद्धनका लागि थप मेहनत गर्ने बताए ।

‘हामी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लागेका छौँ, यो सँगै मुलुकको समृद्धिका लागि पनि सबैसँग हातेमालो गरेर अघि बढेका छौँ’ उनले भने, ‘नागरिक समूदायलाई सुरक्षाको महसुश नगराएसम्म हामी समृद्धि हाँसिल गर्न सक्दैनौँ ।’ उनले यस्ता महोत्सवसँगै अन्य गतिविधि गरेर पर्यटकको बसाई लम्ब्याउने तिर स्थानीय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा पनि जोड दिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र काठमाडौं महानगरपालिका वडा–१५ वडाको संयुक्त आयोजनामा आयोजित महोत्वसलाई सम्वोधन गर्दै काठमाडौँ क्षेत्र नम्बर–८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले पनि मूर्त–अमूर्त सम्पदा संरक्षणका लागि काठमाडौँ महानगरपालिका र सरकारकाले सकारात्मक पहल गरिरहेको बताए ।

उनले काठमाडौँ महानगरले साँस्कृतिक सहरको पहिचानलाई अझै उच्चो बनाउँदै थप पर्यटकलाई आकर्षित गर्ने गरी अघि बढ्नु पर्ने बताए। ‘नेपाल सगरमाथा र बुद्ध जम्मिएको देश हो भन्ने पहिचान हामीले विश्वभरी नै चिनाउनुपर्छ,’ उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० हाम्रा लागि अवसर पनि हो । यसलाई अब एक वर्ष मात्र होइन कम्तीमा आठ–दश वर्षसम्म अभियानकै रुपमा अघि बढाउनुपर्छ ।’

त्यसैगरी कार्यक्रममा उपस्थित हुनुभएका सहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले अघि बढाएको नेपाल पर्यटन बर्षका कार्यक्रमलाई स्वयम्भू महोत्सवले सहयोग पुर्‍याएको धारणा राखे ।

महानगरका प्रवक्ता समेत रहनु भएका वडाध्यक्ष ईश्वरमान डंगालले विश्व सम्पदासूचिमा सुचिकृत स्थानहरुको पहिचान विश्वभरी फैलाउन यस्ता महोत्सव सहयोगी बन्ने भन्दै अन्य स्थानमा पनि यस्तो महोत्सवको आयोजना हुनुपर्नेमा जोड दिए।

महोत्सव समापन हुनुअघि बसन्तपुरदेखि स्वयम्भूसम्म दुईवटा विश्वसम्पदा क्षेत्र जोड्ने सम्पदा मार्गमा पैदल यात्रा गरिएको भन्दै डंगोलले नेपाल भ्रमण वर्ष २०२० लाई नै लक्षित गरेर महोत्सवको आयोजना गरेको स्पष्ट पारे।

उनले नेपाल घुम्न आएका र अझ त्यसमा पनि स्वयम्भू आएका पर्यटकको वसाई लम्भ्याउने योजनासहित महोत्सवको आयोजना गरेको पनि बताए ।

उनले विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय बिधिधताको प्रचार प्रसार गरी पर्यटन प्रबर्धन गर्ने उद्देश्यले महोत्सव गरेको भन्दै लक्ष्य प्राप्त गरेकामा खुशी व्यक्त गरे।

कार्यक्रममा वडा नम्बर १८ का वडाध्यक्ष एवं सम्पदा विभागका प्रमुख नुच्छेकाजी महर्जन, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक बिश्वराम पोखरेल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाललगायतकाले पनि यस्ता महोत्सव आवश्यक भएको बताए ।

महोत्वसवमा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सामुदायिक संघ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता थियो ।

नेपाल पर्यटन बर्षका कार्यक्रममा र काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको सप्ताहव्यापी कार्यक्रममा ४७ वटा घरेलु तथा हस्तकलाका सामाग्री र खानेकुराका स्टलहरु राखिएका थिए ।

त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसँगै राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहेको थियो ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : १५ बजे

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)