जेठमा आउने भयो ‘चिसो एस्ट्रे’ | Khabarhub Khabarhub

जेठमा आउने भयो ‘चिसो एस्ट्रे’


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘चिसो एस्ट्रे’ जेठ १६ गतेदेखि प्रदर्शन हुने भएको छ । गाउँबाट सहर आएको एक युवकको सहरिया यात्रा समेटिएको फिल्मको रिलिज मिति हालै घोषणा गरिएको हो ।

आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुगेको युवकको जीवन वरिपरि घुम्ने कथा फिल्ममा देख्न सकिनेछ । फिल्मलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् ।

पाल्पालीले यसअघि ‘बालकृष्ण सम: अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए । उक्त फिल्म काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भएको थियो भने विभिन्न अवार्ड समेत जित्न सफल भएको थियो ।

फिल्ममा मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गरिएको छ । ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ,’ दिन्शले भने ।

निर्देशकका अनुसार आधुनिक बन्ने चक्करमा आफूलाई नै गुमाउन पुग्ने एक युवकको यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।

फिल्ममा दिव्य देवले मदनका रुपमा मुख्य पात्रको निर्वाह गरेका छन् । यस्तै निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठले पनि शीर्ष भूमिका निभाएका छन् ।

फिल्म कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो । महेशबाबुको लगानी रहेको यो फिल्ममा निर्देशक दिन्शकै स्किृप्ट छ ।

उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालको सम्पादन छ । नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ ।

यो शीर्षक चर्चित कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ बाट लिइएको हो ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ६ : १३ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार