सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु | Khabarhub Khabarhub

सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । घटनमा ४० भन्दा बढी घाइते भएका छन् ।

सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए । आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्।

शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो ।

केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो। उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ।

सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ४ : १८ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले