धैर्यको फल | Khabarhub Khabarhub

धैर्यको फल


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिसस क्राइस्ट आफ्ना शिष्य तथा सहयोगीसँगै विभिन्न स्थानको भ्रमण गरिरहन्थे ।

एकपटक उनी आफ्ना केही अनुयायीका साथमा एउटा गाउँको बाटो भएर गइरहेका थिए । बाटोको एक स्थानमा १०–१२ वटा ठिकै आकारका खाडल खनिएका थिए ।

त्यसरी ठाउँठाउँमा खाडल खनिएको देख्दा जिससका शिष्यहरूमा कौतूहल जाग्यो ।

उनीहरूमा त्यहाँ खाडल खनिनुको कारण थाहा पाउन मन लाग्यो ।

मनको खुल्दुली मेटाउन जिससका एक शिष्यले उनलाई सोधे, ‘गुरुदेव, यो बाटोभरि ठाउँठाउँमा लगभग एकै आकार–प्रकारका खाडल खनिएको देखिन्छ । तर, यसरी यी खाडल खन्नुको कारणबारे भने केही पनि बुझ्न सकिएन । हजुरले नै यसको कारणबारे प्रस्ट पारिदिनुप¥यो ।’

आफ्ना शिष्यको जिज्ञासा सुनेपछि जिसस एकैछिन गम्भीर भए र भने, ‘कुनै एकजना मानिसले पानीको खोजीमा यहाँ यी खाल्डाहरू खनेको हो । एउटा खाल्डो खनेपछि उसले त्यसमा पानी भेटेन र पानी नभेटेपछि फेरि अर्को खाडल खन्यो ।

उसले कुनैमा पनि पानी भेट्न सकेन । त्यसपछि उसले अर्को फेरि अर्को गर्दै यसरी खाल्डैखाल्डा खन्यो ।

यो सिलसिला लामै समय चलिरह्यो । तैपनि, उसले पानी भेट्टाएन । अन्ततः थाकेपछि उसले यो सिलसिला त्यागिदियो । त्यो मानिसमा धैर्य थिएन । उसले यति धेरै खाल्डो खन्नमा बढी श्रम र समय लगायो ।

बुद्धिमानीपूर्वक साराका सारा समय र श्रम एउटै खाल्डो खन्नमा लगाएको भए उसले अवश्यै पानी पाउने थियो ।

त्यसैले मानिसले हरेक काम धैर्यपूर्वक बुद्धि लगाएर गर्नुपर्छ । मान्छेले कुनै काम मन लगाएर गर्छ र थोरै धैर्य पनि राख्छ भने उसले परिश्रमको मिठो फल अवश्य पाउनेछ ।’

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १ : ५७ बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ