रोनाल्डोको ह्याट्रिकले युभेन्टसको पराकिलो जित | Khabarhub Khabarhub

रोनाल्डोको ह्याट्रिकले युभेन्टसको पराकिलो जित


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले फराकिलो जित निकालेको छ।

सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। यस्तै एक गोल गोन्जालो हिगुईनले थपे।

खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ६७ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

खेलको ८१ औं मिनेटमा हिगुईनले गोल गर्दै घरेलु टोलीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै युभेन्ट्सलाई फराकिलो जित दिलाए । योसँगै रोनाल्डोले वर्षको पहिलो ह्याट्रिक पुरा गरेका छन् ।

रोनाल्डोको यो करियरको ५६ औं ह्याट्रिक समेत हो । यस्तै रोनाल्डो युरोपको शीर्ष तीन लिग प्रिमियर लिग, ला लिगा र इटालियन सिरी ए मा ह्याट्रिक गर्ने दोस्रो खेलाडी समेत बनेका छन् ।

जितसँगै युभेन्ट्सले लिगमा शीर्ष स्थानको अग्रता ३ अंकको बनाएको छ। लिग लिडर युभेन्ट्सले १८ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानको इन्टरले ४२ अंक छ । पराजित काग्लियारी २९ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : २७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष