ताइवानलाई एक अर्बभन्दा बढीको हतियार वेच्दै अमेरिका, चीनसँग तनाव बढ्ने संकेत | Khabarhub Khabarhub

ताइवानलाई एक अर्बभन्दा बढीको हतियार वेच्दै अमेरिका, चीनसँग तनाव बढ्ने संकेत


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले ताइवानलाई एक अर्ब डलरभन्दा बढीका अत्याधुनिक हतियार बेच्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एक सय आठ अर्ब डलरको हतियार ताइवानलाई विक्रीका लागि स्वीकृती दिएको छ ।

ताइवानको रक्षा क्षमता सुधारका लागि १३५ वटा जमिनबाट हान्ने मिसाइलसहितका हतियार छन् । अमेरिकाले ताइवानलाई ती हतियार चलाउने प्रशिक्षण पनि दिनेछ । यो प्याकेज कम्तीमा एक अर्ब डलरबराबरको हुने बताइएको छ।

चीन र ताइवानबीचको सम्बन्धमा तनाव उत्पन्‍न भइरहेका बेला ताइवानले अमेरिकाबाट उक्त हतियार ल्याउन लागेको हो ।

चीनले ताइवानलाई बारम्बार आक्रमणको चेतावनी दिएको छ । स्वशासित टापुमा हस्तक्षेप नगर्न अन्य शक्ति राष्ट्रहरुलाईसमेत चीनले चेतावनी दिदै आएको छ ।

दशकौंदेखि चीनले ताइवान आफ्नो भएको दाबी गर्दै आएको छ । तर, ताइवानले आफू स्वतन्त्र रहेको बताउँदै आएको छ ।

ठूलो धनराशिको आधुनिक हतियार बिक्रीले वासिङ्टन र बेइजिङबीचको सम्बन्ध थप चिसिने आशंका बढेको छ ।

चीन र अमेरिकाबीच केही वर्षदेखि व्यापारयुद्ध जारी छ। पछिल्लो समय कोरोना भाइरसको महामारी, तिब्बत, हङकङ र दक्षिणी चीन सागरका विषयमा पनि अमेरिका र चीनबीच तनाव छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : २२ बजे

इलाममा मतगणना स्थल थपियो, तीन गाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी