कोरोनाका कारण आयुर्वेद उपचार गराउने बढे | Khabarhub Khabarhub

कोरोनाका कारण आयुर्वेद उपचार गराउने बढे


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि नारायणी अञ्चल आयुर्वेद औषधालय हेटौँडामा उपचार तथा परामर्श लिनेको सङ्ख्या बढ्दै गएको छ।

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै औषधालयमा उपचार गराउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको बताइएको छ।

रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि उपयोगी हुने विश्वासले वर्तमान समयमा आयुर्वेदप्रति मोह जागेको त्यहाँका कर्मचारीहरूले बताएका छन्। उपचार गराउने र औषधी सेवनको सङ्ख्या बढेपछि त्यहाँ औषधी, जनशक्ति र बजेटको समस्या आएको औषधालयका सूचना अधिकारी वैकुण्ठ आचार्यले बताएका छन्।

चालू आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्ममा करिब २ हजारले स्वास्थ्य सेवा प्राप्त गरेको औषधालयको विवरणमा उल्लेख छ। कोरोना सङ्क्रमण बढेपछि २०७६/७७ मा ८ हजारभन्दा बढीले उपचार सेवा लिएका छन् भने यसअघि २०७५/७६ मा ७ हजार ७०० ले उपचार सेवा लिएका थिए।

कोरोना सङ्क्रमणको उपचार तथा परामर्श र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेद विभागले पठाएको निर्देशनानुसार काम भइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिएका छन्। क्वारेन्टिनमा बसेकाहरूलाई त्यहाँ उपचार तथा परामर्श दिने काम भइरहेको पनि बताइएको छ।

क्वारेन्टिनमा बसेका शङ्कास्पद बिरामीहरूलाई अश्वगन्धा चूर्ण, गुर्जो चूर्ण, मधु चूर्ण, चिथोपल्लाजी चूर्णको प्रयोगसहित आवश्यक परामर्शसमेत दिने गरिएको छ। त्यस औषधालयले ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, गाउँघर क्लिनिक र धामीझाँक्रीलगायत स्वास्थ्य समस्या निवारणका कार्यक्रम गरिरहेको बताइएको छ।

औषधालयमा फिजियोथेरापी, प्रयोगशाला सेवा र पञ्चकर्मअन्तर्गत पूर्वकर्मसेवा र शिरोधारा स्वास्थ्य सेवा पनि सञ्चालनमा रहेको छ। आयुर्वेद औषधालयमा अहिले बालकदेखि वृद्धवृद्धासमेत उपचार गराउन आउने गरेको छ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ३५ बजे

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,