व्यापारी भन्छन्– खाद्यवस्तुको प्याकेटमा भएको मिति हातैले मेटिन्छ | Khabarhub Khabarhub

व्यापारी भन्छन्– खाद्यवस्तुको प्याकेटमा भएको मिति हातैले मेटिन्छ


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटीबाट बल्खुतर्फ लाग्दा प्रहरीचौकी नजिकै शिवज्योती पतञ्जली आयुर्वेद सेवा केन्द्र छ ।

केन्द्रमा निम्बसले मार्केटिङ् गरेको व्यञ्जन व्राण्ड सामान थिए । तीमध्ये पोलिस नगरिएको लेखिएका १ केजी तौलका ९ वटा कालो दालका प्याकेट र ९ प्याकेट नै पापड थियो ।

ती सबैमा लेखिएको मिति हातले सजिलै मेटियो । यी समानसँगै लेवल नराखिएको जौको सातु १० प्याकेट र चिप्स ३१ प्याकेट वरामद गरियो ।

समस्या शिवज्योतीमा मात्र होइन । त्यसै क्षेत्रको आयुषा खाद्य स्टोर बेचेको टमाटो ससको उपभोग्य मिति मेटेर फेरि लेखिएको जस्तो भेटियो ।

बट्टा कुच्चिएका र पुराना थिए । अनुगमन टोलीले १ बट्टा नमूना परीक्षणका लागि लियो भने १३ वट्टा बिक्रीका लागि रोक लगायो ।

प्याकेटमा राखेर बजारमा बिक्री हुने खाद्यबस्तुको उपभोग्य अवधि लेखिएका अक्षर हातैले मेटिने गरेको भेटियो ।

मंगलबार बिहान कालीमाटी क्षेत्रका खाद्य स्टोरहरुमा गरिएको अनुगमनका क्रममा हेरिएका एक दर्जन बढी प्रकारका खाद्य बस्तुमा यस्तो समस्या देखिएको हो ।

त्यस क्षेत्रमा खुल्ला बोरामा हालेर खाद्य बस्तु बेच्न राख्ने गरिएको छ । कसैले प्याकेजिङ् गर्ने गरेका छन् तर खाद्य अनुज्ञा पत्र लिएका छैनन् ।

सामान कसले पठायो ? उनीहरुले बिल किन दिएनन् ?, सामान बिग्रिए कसलाई फिर्ता गर्नुहुन्छ ? उनीहरु व्यापारीहरुले मुख खोल्न चाहेनन् ।

बनस्थलीबाट ५ किलो सुकेका खुर्सानी किन्न आएको भनेर काम बताउने एक खुद्रा उपभोक्ता भन्दै थिए, ‘अनुगमन आको र’छ, र पो आज सबै पसल बन्द रहेछन् । उतै किन्दा महङ्गो पर्छ । अब भोलि फेरि आउनुपर्ला ।’

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ०३ बजे

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले