सरकारी कार्यालयमा खोई स्वास्थ्य मापदण्ड ? हेर्नुहोस एनओसी लिनेको भीड | Khabarhub Khabarhub

सरकारी कार्यालयमा खोई स्वास्थ्य मापदण्ड ? हेर्नुहोस एनओसी लिनेको भीड



काठमाडौँ– कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्ने अनुमति दिएपछि अहिले काठमाडौँका प्राय: सबै व्यवसाय सञ्चालनमा छन् ।

निजी क्षेत्रले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड केही हदसम्म लागू गरेको देखिए पनि सरकारी कार्यालय भने कोरोनाको यो बढ्दो जोखिमका विषयमा बेखबर जस्तै छ । अर्थात बीना सुरक्षा सरकारी कार्यालयमा भीड छ । सेवाग्राही सास्ती खेप्दै लाइन बस्नपर्ने अवस्था छ ।

यस्तै दृश्य देखियो केशर महलस्थित शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखा । हिजोआज यहाँ दैनिकजसो यस्तै भीड देख्न सकिन्छ। कोभिड-१९ महामारी फैलिरहेको अवस्थामा सुरक्षा मापदण्डबिनै दैनिक भिड बढेको देखिन्छ।

कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि देख्न सकिन्छ। विदेशस्थित शैक्षिक संस्थामा भर्ना भएर पनि विदेश जान नपाएका विद्यार्थीहरु एनओसी लिन ओइरेका हुन्।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : ५३ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल