दुबईमा क्यान्सरको उपचार गराइरहेका छन् सञ्जय दत्त, फ्यान चिन्तित | Khabarhub Khabarhub

दुबईमा क्यान्सरको उपचार गराइरहेका छन् सञ्जय दत्त, फ्यान चिन्तित


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सञ्जय दत्तलाई क्यान्सर भएको केही समयअघि सार्वजनिक भएको थियो । ‘सञ्जु बाबा’ का नामले परिचित सञ्जयले यसबारेमा फ्यानलाई जानकारी गराएका थिए ।

उनलाई चौथो चरणको क्यान्सर भएको छ । उनी यतिबेला दुबईमा उपचार गराइरहेका छन् ।

सञ्जयका फ्यान विश्वभर फैलिएका छन् । हालै एक फ्यानले उनको फोटो शेयर गरेका छन् । उक्त तस्वीर सार्वजनिक भएपछि सञ्जयका फ्यान चिन्तित भएका छन् । किनकि, सार्वजनिक भएका तस्वीरमा सञ्जय बिरामीजस्ता देखिन्छन् ।

फ्यानले सञ्जय दत्तको फोटो शेयर गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

पछिल्लो रिपोर्टअनुसार सञ्जय दुब्ला देखिएका छन् भने उनको अनुहार फ्रेस पनि देखिएको छैन  । सञ्जयको उपचारका क्रममा उनको केमो सेक्सन चलिरहेको छ । जसकारण सञ्जयको तौल कम भएको छ ।

सञ्जयले आफ्ना् फिल्मको शूटिङ पूरा गरेर उपचार थालेका थिए । क्यान्सर देखिएपछि उनले केही समय कामबाट समेत विदा लिएका थिए ।

पछि सञ्जय आफ्नो बाँकी फिल्मको शूटिङ थालेर परिवारका साथ दुबई उडेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : ५० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल