कुवेतमा एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ ।

१ वर्ष अघि कुवेत पुगेका काभ्रेपलान्चोकका विष्णुबहादुर तामाङको मृत्यु भएको हो । उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

तामाङ १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको त्यहाँ १२ दिन उपचारपछि कम्पनीमा
फर्काइएको थियो ।

पुन : रोगले च्यापेपछि कुवेतको आदान अस्पताल लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

मृतक कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । उनको घरमा श्रीमती र २ वर्षकी छोरी रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ५६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको