नेसन्स लिग : एम्बाप्पेले गोलमा फ्रान्सको विजयी शुरूवात | Khabarhub Khabarhub

नेसन्स लिग : एम्बाप्पेले गोलमा फ्रान्सको विजयी शुरूवात


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्टार फरवार्ड केलियन एमबाप्पेले गोल गर्दा फ्रान्सले यूईएफए नेसन्स लिगमा विजयी शुरुवात गरेको छ ।

फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

फ्रेन्ड्स एरिना सोल्नमा गएराति भएको खेलमा पाहुना टोली फ्रान्सको जितमा एमबाप्पेले गरेको एक गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।

खेलको शुरुवातमा घरेलु टोली स्वीडेनले दवावमा राखे पनि फ्रान्सको रक्षापङ्ति तोड्न सकेन ।

खेलको ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट १–० को अग्रता लिएको थियो । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र फ्रान्सले १-० को जित निकाल्यो ।

यससँगै समूह ‘ए’ –३ मा ३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा  रहेको छ । समान ३ अंक जोडेको पोर्चुगल गोलअन्तरका आधारमा समूहको पहिलो स्थानमा छ । अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र पुछारमा छन् ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ४४ बजे

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र