जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ७३६ सवारीलाई कारबाही | Khabarhub Khabarhub

जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ७३६ सवारीलाई कारबाही


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आजदेखि लागू गरेको जोरबिजोर प्रणालीको उल्लंघन गर्ने ७३६ सवारी साधन कारबाहीमा परेका छन् ।

आज २२ गते जोर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजोर सवारी साधन चलाएको पाईएपछि १३२ सवारी साधनलाई होल्ड गरी कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले जनाएको छ । ती सवारीलाई कलंकी मै होल्ड गरी राखिएको थियो ।

महानगरीय प्रहरी प्रभाग कंलकी प्रमुख पुरूषोत्तम कार्कीले बिहान ५ बजे देखि ११ बजेसम्म सम्झाईबुझाई गरी छाडेको र एक बजेबाट होल्ड गर्न सुरू गरिएको बताए । महानगरीय ट्राफिक वृत्त महाराजगन्जका प्रहरी निरीक्षक केशवराज भट्टका अनुसार ६ बजेसम्म ८५ सवारीसवारी साधन होल्ड गरिएको जसमध्ये ४ पाङग्रे ८ वटा छन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार उपत्यकामा ६ वजेर ३० मिनेट सम्म ७ सय ३६ वटा सवारीसाधन होल्ड गरिएको थियो ।

सरकारले लकडाउन अन्त्य गरेपनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको थियो । यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्ने नियम छ ।

यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : २० बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली