५ महिनामा कुवेतमा २६ नेपालीको मृत्यु | Khabarhub Khabarhub

५ महिनामा कुवेतमा २६ नेपालीको मृत्यु



दोहा : बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली श्रमिकहरु मध्ये मार्चदेखि जुलाई अन्तिमसम्म पाँच महिनाको अन्तरालमा २६ नेपाली श्रमिकको मृत्यु भएको छ ।

कुवेतमा कोरोना संक्रमणबाट १ महिलासहित ७ जना पुरुष रहेको तथा अन्य १८ जनाको विभिन्न कारणले मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास श्रोतले जनाएको छ ।

दूतावासका अनुसार कोरोनाको कारण मृत्यु भएका ८ जनाकै परिवारसँग समन्वय गरी कुवेतमै अन्तिम संस्कार गरिएको छ । हालसम्म कुवेतबाट विभिन्न उडानमार्फत १३ जनाको शव नेपाल पठाईसकिएको दूतावासले जनाएको छ ।

कुवेतमा कोरोनाबाट संक्रमितको हुनेको संख्या ६९ हजार ४२५ जना पुगेको छ । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या ६० हजार ९०६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ४६८ पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुवेतमा यसअघि ८४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएको उल्लेख गरिएको थियो । त्यसपछिको अहिलेसम्म के कति नेपाली श्रमिकहरु कोरोनाबाट सङ्क्रमित भए कति उपचारपछि निको भएर काममा फर्किए भन्ने नेपाली दूतावाससँग पनि तथ्याङक छैन ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ३६ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा