थाहा पाउनुहोस् ओखर खाँदा हुने चामत्कारिक फाइदा | Khabarhub Khabarhub

थाहा पाउनुहोस् ओखर खाँदा हुने चामत्कारिक फाइदा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखरलाई हामी अन्य फलफूल झै खाने गर्दैनौ । यसलाई तिहारमा भाइमसला प्रयोग गरिन्छ । यो स्वास्थ्यबर्धक फल हो । तर यसको गुणबारे जानकारी नहुदाँ यसको उपभोग कमै मात्र मानिस गर्दछन् ।

ओखरले हाम्रो दिमागको वृत्तिविकासमा महत्वपूर्ण योगदान गर्छ भन्ने मानिसमा भ्रम छ ।

ओखरले बौद्धिकता विकासका अलावा सम्पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यका लागि पनि अति उपयोगी मानिएको छ । यदि हामीले दैनिक रुपमा केवल ४ वटा ओखर मात्रै खाने गर्‍यौं भने यसले हाम्रो शरीरमा हुने कैयौं किसिमका रोगलाई भगाउन मद्दत गर्दछ ।

ओखरमा फाइबर, प्रोटिन, भिटामिन, म्याग्नेसियम, फस्फोरस र ओमेगा ३ जस्ता कैयौं पौष्टिक पाउने गरिन्छ । साथै यसको सेवनले क्यान्सर, मोटोपन र मधुमेह जस्ता रोगबाट समेत बचाउने गर्दछ ।

नियमित ३/४ वटा ओखर खाने मानिसमा यी रोगको सम्भावना कम हुनुका साथै वजन नियन्त्रणमा पनि सघाउ पुर्याउँछ ।

ओखरको सेवनले प्रतिरोधात्मक क्षमता, प्रजनन क्षमता र स्मरण शक्ति बढाउने गर्दछ । ओखरलाई पावर फुडको उपनाम समेत चिनिन्छ । यसमा हुने पोषणले मानिसमा स्टामिना बढाउन सहयोग गर्दछ ।

ओखरको सेवनले अनिन्द्राको समस्याबाट समेत बचाउँछ । साथै यो डाइटिङ गर्नेहरुका लागि आवश्यक पर्ने सबै किसिमका पौष्टिक तत्वहरु यसमा पाइने भएकोले यसलाई डाइटिङमा फाइदाजनक मानिन्छ ।

ओखरको सेवनले हृदयको रोगबाट समेत बचाउने गर्दछ । यसले तनाव कम गरेर रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्दछ । यस अलावा ओखरमा ओमेगा ३ पाइने भएकाले शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गराउन सहयोग गर्दछ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ०३ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम