दक्षिण एसियाली क्षेत्रका फुटबल संघसँग फिफा र एएफसी अध्यक्षको छलफल | Khabarhub Khabarhub

दक्षिण एसियाली क्षेत्रका फुटबल संघसँग फिफा र एएफसी अध्यक्षको छलफल


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीपछि सृजित समस्याबारे फिफा अध्यक्ष गियनी इन्फान्टिन्हो र एएफसीका अध्यक्ष शेख सलमानले दक्षिण एसियाली क्षेत्रका फुटबल संघहरुसँग छलफल गरेका छन् ।

बुधबार अध्यक्षद्वय इन्फान्टिन्हो र सलमानले कोरोना भाइरसले यस क्षेत्रको फुटबलमा पारेको असर र संघहरुले खेलेको भूमिकाबारे चाँसो राखेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

‘यस क्षेत्रको फुटबललाई सुरक्षित तरिकाले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रह्यो,’ भर्चुअल बैठकमा सहभागी एन्फा अध्यक्ष शेर्पाले भने, ‘हामीहरूले पनि आ-आफ्नो देशको फुटबल संघले गरेका कामहरु बतायौँ ।’

अबका दिनमा दक्षिण एसियाली क्षेत्रको फुटबललाई अगाडि बढाउन फिफाले आर्थिक सहयोगदेखि प्रायोजक खोज्ने जस्ता काममा सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष इन्फान्टिन्हो जनाएको एन्फा अध्यक्ष  शेर्पाले बताएका छन् ।

कोरोना भाइरसका कारण अहिले फिफा र एएफसीका अफिसियल खेलहरु आयोजना हुन सकेका छैनन् । तर, विस्तारै दक्षिण एसियाली देशहरुले घरेलु लिगहरु फिफाको प्रोटोकल अनुसार शुरु गर्न थालेका छन् ।

नेपालले पनि भदौ १ गतेदेखि फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तरगत घरेलु खेलका लागि अभ्यास शुरु गर्न लागेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : १७ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ