अब सगरमाथा आधार शिविरमा निःशुल्क इन्टरनेट | Khabarhub Khabarhub

अब सगरमाथा आधार शिविरमा निःशुल्क इन्टरनेट


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सगरमाथा आधार शिविर र वरपरका क्षेत्रमा निःशुल्क वाइफाई राखिने भएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई जडान गर्न ठेकेदार कम्पनी छानेको छ ।

७ करोड रुपैयाँ खर्चेर ८ महिनाभित्र इन्टरनेट जोड्ने गरी ठेकेदार कम्पनी छानिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

प्राधिकरणले इन्टरनेट जडानको ठेक्का एभरेस्ट लिंक प्रालिलाई दिने निर्णय गरेको हो । प्राधिकरणले यो कम्पनीसँग भ्याटबाहेक ६ करोड ९९ लाख ९ हजार रुपैयाँको सम्झौता गर्नेछ ।

सगरमाथा आधार शिविसहित लोबुचे, लुमिया, मोञ्जो, नाम्चे बजार, फाख्दिङ, फेरिचे, तेङ्बोचेमा इन्टरनेट जडान हुनेछ ।

सगरमाथा आधार शिविरमा वायरलेस प्रविधिको इन्टरनेट र अन्य क्षेत्रमा अप्टिकल फाइबरमार्फत इन्टरनेट पुर्‍याइने प्रवक्ता अर्यालले बताए ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा भएको रकम प्रयोग गरी सगरमाथा आधार शिविरमा इन्टरनेट विस्तारको काम थालेको हो ।

यही कोषको रकम प्रयोग गरी प्राधिकरणले देशैभरका ग्रामीण क्षेत्रमा इन्टरनेट जडान गर्न १८ वटा प्याकेजमा काम गरिरहेको छ । त्यसमध्ये हालसम्म १६ वटा प्याकेजको काम जिम्मा दिइसकेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ५६ बजे

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तस्बिर : ध्रुव भट्टराई तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन