हावाबाट पनि कोरोना फैलिने ३२ देशका २३९ वैज्ञानिकको दाबी | Khabarhub Khabarhub

हावाबाट पनि कोरोना फैलिने ३२ देशका २३९ वैज्ञानिकको दाबी


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  २ सयभन्दा बढी वैज्ञानिकहरूले हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिने दाबी गरेका छन् ।

विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको स-साना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको हो ।

आगामी सातासम्म यसको प्रमाणसहित कुनै एउटा जर्नलमा रिपोर्ट प्रकाशित गर्दै यसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को ध्यानाकर्षण गराइने उनीहरूले बताएको द न्यूयोर्क टाइम्सले  जनाएको छ

डब्ल्युएचओले भने अहिलेसम्म एक संक्रमित र अर्को संक्रमितबीच २ मिटरभन्दा कमको दूरी कायम गरेर बस्दा कोरोना भाइरसको संक्रमण हुने बताउँदै आएको छ ।

डब्ल्युएचओले वैज्ञानिकहरूको पछिल्लो दाबीबारे कुनै प्रतिक्रिया नदिए पनि यसबारे ठोस प्रमाण नभएको र अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ०३ बजे

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी