नेकपामा विवाद चुलिरहँदा वरिष्ठ नेता नेपाललाई भेट्न घरै पुगिन चिनियाँ राजदूत | Khabarhub Khabarhub

नेकपामा विवाद चुलिरहँदा वरिष्ठ नेता नेपाललाई भेट्न घरै पुगिन चिनियाँ राजदूत


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत हाउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् ।

उनले आइतबार साँझ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेटवार्ता गरेकी हुन् ।

आइतबार साँझ भएको यो भेटघाटमा के छलफल भयो भन्ने खुलाइएको छैन । नेकपामा विवाद बढेको यो समयमा यान्छीले बढाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्काेतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ।

यसअघि  वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नेपाललगायतलाई भेटेकी थिइन् ।

अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी हुन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : २१ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।