बाँकेका कोरोना संक्रमित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी निको भए | Khabarhub Khabarhub

बाँकेका कोरोना संक्रमित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी निको भए


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना महामारी रोकथामको अग्रभागमा रहेर काम गर्दा सङ्क्रमित भएका बाँकेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले कोरोनालाई जितेर आज घर फर्किएका छन् ।

सङ्क्रमण पुष्टि भएपछि खजुरास्थित कोरोना विशेष आइलोलेशन अस्पतालमा बसेका उनीहरुको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । स्वास्थ्यकर्मी र सञ्चारकर्मी दम्पती हुन् भने सुरक्षाकर्मी नरैनापुरस्थित कालाफाँटा प्रहरी चौकीमा कार्यरत छन् ।

कोरोना जितेर घर फर्किएका सबैलाई खजुराबाट बिदाइ गरिएको थियो । बाँकेमा अहिलेसम्म ४५ जनाले कोरोनालाई जितेर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । बाँकेमा आज १२ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज थप १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको हो ।

आज गरिएको परीक्षणमा बाँकेका तीन स्थानीय तहका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित नेपालगञ्ज उपमहानगरपालिका– १ का ४१ वर्षीया महिला, बैजनाथ गाउँपालिका– ६ का ३८ र ३२ वर्षीय पुरुष तथा वैजनाथ गाउँपालिका– २ का ३७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं ४ का एक महिलासहित तीनदेखि ३८ वर्ष उमेर समूहका सात जना र वडा नं ५ का २२ वर्षीय पुरुष रहेको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

गत वैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणका क्रममा नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, वैजनाथ हुँदै जानकी गाउँपालिकासम्म पुगेको छ । जानकी गाउँपालिकामा ४०, नेपालगञ्ज उपमहानगरपालिकामा ३४, राप्तीसोनारी गाउँपालिकामा २६, डुडुवा गाउँपालिकामा २५, खजुरा गाउँपालिकामा १३ जना र वैजनाथ गाउँपालिकामा ११ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ८ : २४ बजे

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु