कविता- कोब्रा ! | Khabarhub Khabarhub

कविता- कोब्रा !



कोब्रा गोमन साँपले म डसुवा भन्दैन कैल्यैपनी
सुस्केरा, जिउडाल, बग्नी गतिले चिनिन्छ कोब्रा भनी
जो कोब्रा यहि हो भनी बुझिकनै झ्याम्मिन्छ कोब्रासँग
काखैमा जति राख डस्छ उसले एक् दिन् नराम्रोसँग ।

कोब्राको गुण हो बगाइ विष जो सक्दो विषाक्ती दिने
आफ्ना, मित्र, छिमेक, रीपु सजिलै चिन्दैन कोब्रा कँही
डस्नैमा छ त धर्म गोमनहरु! डस्छन् नि मौक़ा मिले
त्यो कोब्रा चिडिया हुँदैन कहिल्यै भन्ने नबिर्सीदिए ।

सक्दो लालन पालनी जति गरौं कोब्रा विषै कुण्ड हो
के टोक्थ्यो नभनौं, शिकार नबनौं! मौका नमीलेर हो
कोब्रालाइ प्रयोग गर्छ जसले सक्दैन ऊ उम्किन
मौकामात्र अलीकती सहज होस् डस्नेछ बिर्सी गुण!

कोब्रा पाल्नु अबश्य घातक छ है—त्यो बैगुनी जात हे
जो जो गोमन हैन यो त पलुवा भन्दै मुसार्दै रहे
धेरै देखिसकें अझै कतिकती देख्नुछ यै दृष्‍टिले
डस्यो लौ! भनि छट्पटी हुनु अघी कोब्रा चिनौं हामिले ।।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : ०९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी