भारत-चीन सीमा विवादबारे आज सैन्य तहमा वार्ता हुँदै | Khabarhub Khabarhub

भारत-चीन सीमा विवादबारे आज सैन्य तहमा वार्ता हुँदै


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दुई छिमेकी मुलुक भारत र चीनले सीमा विवाद समाधानको पहल थालेका छन् । लद्दाखमा भइरहेको सीमा विवादबारे चीन र भारतबीच आज वार्ता हुँदैछ।

दुई देशका लेफ्टिनेन्ट जनरलबीच लद्दाखमै वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विगत एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदै आइरहेको छ।

उनीहरूबीच यस वर्ष मात्र ३ पटक झडप भइसकेको बीबीसीले जनाएको छ। झडपपछि दुवै देशले आफ्नो सीमा क्षेत्रमा सैनिक बल बढाएका छन् ।

विश्व समुदायको चासोको विषय बनेको यो विवाद आज हुन लागेको वार्ताले समाधान हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : ५५ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री