बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित | Khabarhub Khabarhub

बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार बस्ने भनेर तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबारको बैठक स्थगित गर्न सहमत भएका हुन् ।

यसअघि वैशाख २० गते (शनिबार) बसेको पार्टी सचिवालय बैठकले २५ गते (बिहीबार) स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

जसअनुसार स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भनेर बुधबार अपराह्न सचिवालय बैठक समेत बसेको थियो ।

तर, सचिवालय बैठकको बीचमै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली उठेर हिँडेपछि बैठक बिना निष्कर्ष सकिएको थियो ।

बुधबारको सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र बैठकका कार्यसूचीका सम्बन्धमा निर्णय गर्ने जिम्मा २ अध्यक्षलाई दिएको थियो ।

सचिवालय बैठक सकिएपछि २ अध्यक्ष ओली र प्रचण्डबीच छलफल शुरु भएको थियो ।
अध्यक्षद्वयको छलफलमा नै बिहीबारदेखि शुरु हुने स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति भएको हो । बैठकको अर्को मिति भने तय भइसकेको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ३२ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।