सय करोड कमाउने पहिलो फिल्मकी नायिकाले किन छाडिन् बलिउड ? | Khabarhub Khabarhub

सय करोड कमाउने पहिलो फिल्मकी नायिकाले किन छाडिन् बलिउड ?


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आमिर खान र सलमान खानसँग डेब्यु गरेका नायिकाहरु बलिउडमा उत्कृष्ट अभिनेत्रीको सूचीमा अटाउँछन् । बलिउडमा जम्नका लागि नायिकाहरु कडा मेहनत गर्छन् । तर, एक अभिनेत्रीले भने बलिउडका ७ वटा फिल्ममा अभिनय गरेपछि ब्रेक लिइन् ।

आसिन थोटुम्मकलले सन् २००८ मा आमिर खानसँग फिल्म ‘गजिनी’ बलिउड डेब्यु गरिन् । उनले दक्षिण भारतीय फिल्ममा पनि काम गरेकी थिइन् ।

सन् २००८ मा दक्षिण भारतीय फिल्म ‘गजनी’ को रिमेक बन्दा आसिन पनि शीर्ष भूमिकामा अनुबन्ध भइन् । साउथ फिल्ममा सूर्य थिए भने बलिउड फिल्म ‘गजनी’ मा आमिर खान थिए ।

यो फिल्म सुपरहिट भएपछि आसिनलाई कैयन् फिल्मबाट अफर आए ।

सन् २००९ मा उनको दोस्रो फिल्म ‘लण्डन ड्रिम्स’ रिलिज भयो । भलै यो फिल्मले बक्स अफिस सफलता हात पार्न सकेन । अजय देवगन १० वर्षपछि फिल्ममा आउँदै थिए । तर, यो फ्याक्टरले पनि फिल्म हिट बनाउन सकेन ।

आसिनले अर्को फिल्म सलमान खानसँग गरिन् । उनलाई सलमान खानका साथ फिल्म ‘रेडी’ मा देखियो । फिल्मले एक सय करोड कमाइ गर्‍यो । यो समयसम्म आसिनलाई थुप्रै फिल्मबाट अफर आएको थियो तर उनी चुजी रहिन् ।

उनले वर्षमा एक मात्र फिल्ममा अभिनय गरिन् । ‘रेडी’ पछि उनले ‘हाउसफूल २’ मा काम गरिन् ।

सन् २०१२ मा आसिनका लगातार तीन फिल्म रिलिज भए । हाउसफूल २, बोल बच्चन र खेलाडी ७८६ एकै वर्ष रिलिज भएका थिए । यी दिनै फिल्मले राम्रो कमाइ गरे ।

आमिर, सलमान र अक्षयसँग काम गरेकी यी अभिनेत्री त्यसपछि भने बलिउडबाट टाढा रहिन् ।

उनी पछिल्लो समय निर्देशक ‘अल इज वेल’ मा देखिएकी थिइन् । यो फिल्म असफल भएपछि उनले बलिउडका फिल्ममा काम गरिनन् । न त उनले दक्षिण भारतीय फिल्म नै साइन गरिन् ।

आफ्नो करिअरले उचाइ लिँदै गर्दा उनले माइक्रोम्याक्सका सीइओ राहुल शर्मासँग बिहे गरिन् । बिहेपछि आसिनले आफ्नो करिअरलाई नै अलविदा गरिन् ।

यद्यपि आसिनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भने तस्वीरहरु अपलोड गरिरहेकी हुन्छिन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : ५५ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको