कोरोना संक्रमणविरुद्धको भ्याक्सिन तयार पारेको इजरायलको दाबी | Khabarhub Khabarhub

कोरोना संक्रमणविरुद्धको भ्याक्सिन तयार पारेको इजरायलको दाबी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस स‌क्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ ।

इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका हुन् ।

उनका अनुसार इजरायल इन्टिच्यूट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले भ्याक्सिन तयार गर्नमा सफलता हासिल गरेको छ । यो महामारीसँग लड्न मिललाई पत्थर सावित हुनेछ । बेनेट सोमबार इन्टिच्यूट पूगेका थिए ।

रक्षामन्त्री बेनेटले भने- आईआईबीआरका शोधकर्ताले कोरोनाको एन्टिबडी विकसित गरेका हुन् । यो एन्टिबडी मोनोक्लोनल तरिकाबाट भाइरसमाथि हमला गर्दछ र त्यसलाई शरीरभित्रै मार्नमा सक्षम छ । भ्याक्सिन विकासको चरण अब पूरा भएको छ ।

बेनेटले भने, ‘एन्टिबडी फर्मूलाको पेटेन्ट गरिँदैछ । यसपछि अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवसायिक स्तरमा यसको उत्पादनको लागि सम्पर्क गरिनेछ । हामीलाई यो सफलताको लागि इन्टिच्यूटका कर्मचारीप्रति गर्व छ ।’

तर उनले यो भ्याक्सिनको परीक्षण मानवमा भयो कि भएन भनेर स्पष्ट पारेका छैनन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ५१ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ