कोरोना भाइरस टास्क फोर्स खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी | Khabarhub Khabarhub

कोरोना भाइरस टास्क फोर्स खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गठित टास्क फोर्स खारेज गर्ने तयारी गरेका छन् ।

उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा रहेको उक्त टास्क फोर्सले प्रभावकारी काम गर्न नसकेको बताउदै ट्रम्पकले त्यसलाई खारेज गर्ने बताएका हुन् ।

उपराष्ट्रपति पेन्सले पनि अबको केही दिनभित्रै टास्क फोर्स खारेज गरिने बताएका छन् । एरिजोनाका रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले टास्क फोर्स खारेज गर्ने तयारी गरेको बताएका हुन् ।

अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसका संक्रमित थपिने गरेका छन् भने दैनिक औषत १ हजार २ सय हाराहामारीको मृत्यु हुँदै आएको छ ।

संक्रमण नरोकिरहदा टास्क फोर्स खारेज गर्ने ट्रम्पको तयारीले महामारी अझ फैलने सक्ने भन्दै स्वास्थ्य विज्ञहरुले आलोचना गरेका छन् ।

तर ट्रम्पले भने अमेरिकी अर्थव्यवस्था पनि चलायमान हुने गरीको अर्को टास्क फोर्स गठन गरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ०० बजे

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार