पाकिस्तानमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, ५१४ को मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, ५१४ को मृत्यु


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप ३८ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१४ पुगेको हो ।

पाकिस्तानमा एकैदिन १ हजार १०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २२ हाजार ४९ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये ५ हजार ८०१ जना उपचारपछि निको भएका छन् । १५ हजार ७३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सार्क राष्ट्रमा भारतपछि पाकिस्तानका कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : ०८ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ