धैर्य र संयमित भई ‘लकडाउन’को पालन गर्न मुख्यमन्त्री राईको आग्रह | Khabarhub Khabarhub

धैर्य र संयमित भई ‘लकडाउन’को पालन गर्न मुख्यमन्त्री राईको आग्रह


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धैर्य र संयमित भएर ‘लकडाउन’को पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् ।

उनले आज जारी गरेको भिडियो सन्देश अपिलमा देश र जनताको जीवनरक्षाका लागि मुलुक लकडाउनको अवस्थामा रहेकाले यस्तो बेलामा सबै नागरिकले संयमता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

कोरोना कोभिड–१९ को विरुद्धको यो लडाइँमा उच्च सतर्कता, सावधानी र जनचेतनाले मात्र जित्न सकिने भएकाले उच्च मनोबलका साथ नियमको पालना गर्न सबैलाई उनले आग्रह गरेका छन् ।

मुुख्यमन्त्री राईले सबै नागरिकलाई बचाउने जिम्मा सरकारको भएकाले प्रदेश सरकार अहोरात्र नागरिकको साथमा रहेको बताए ।  कुनै पनि समस्या भए प्रदेश सरकारलाई जानकारी दिन आग्रह गर्दै सही सूचनामात्र लिन सबैमा उनले आग्रह गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र