लकडाउनका बेला ९ अर्बको सामान आयात, राजश्व संकलनको लक्ष्यमा भने चुनौती | Khabarhub Khabarhub

लकडाउनका बेला ९ अर्बको सामान आयात, राजश्व संकलनको लक्ष्यमा भने चुनौती


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ ।

लकडाउनका कारण अत्यावश्यक बाहेकका अन्य सेवाहरु ठप्प छन् । बजारमा नियमितजसो हुने आर्थिक गतिविधि पनि कम छन् ।

यस बीचमा भन्सार नाकाबाट भने ८ अर्ब ६१ करोड ८ लाख ९८ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । लकडाउनको अवधिमा आयात भएका सामानहरु अत्यावश्यक बस्तु तथा सेवासँग सम्बन्धित रहेको भन्सार विभागले जानकारी दिएको छ ।

भन्सार विभागका अनुसार चैत ११ गतेदेखि चैत २२ गतेसम्म १३ हजार २ सय ४१ टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । ३ हजार ९ सय ४० किलोलिटर डिजेल र ३ हजार ५ सय २४ किलोलिटर पेट्रोल आयात भएको छ । यस अवधिमा २१ हजार ५ सय २० टन खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ ।

लकडाउनको आदेश जारी भएयता १४ हजार ७ सय ४८ टन तरकारी र ९ हजार २ सय ५९ टन गेडागुडी आयात भएको छ । २ हजार ९ सय २ टन फलफूल आयात हुँदा ७ टन दूग्धजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।

यसबीचमा ३६ करोड ५७ लाख २९ हजार मूल्य बराबरको तयारी औषधि आयात भएको छ भने ६ करोड २३ लाख ४३ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार सरकारले लकडाउनको आदेश जारी गरेसँगै अत्यावश्यक बस्तु र सेवासँग सम्बन्धित सामान मात्रै आयात भइरहेको छ ।

‘अहिले राजश्ज दर बढी हुने मेसिनरी पार्टस्, उद्योग धन्दाका कच्चा पदार्थहरुको आयात भएको छैन,’ भन्सार विभागका महानिर्देशक दाहालले भने ।

राजश्व संकलनमा चुनौती

लकडाउनका कारण भन्सार राजश्व संकलनमा ठूलै असर पर्ने देखिएको छ । सामान्य अवस्थामा पनि यस वर्ष भन्सार राजश्वको निर्धारित लक्ष्य हासिल गर्न चुनौती थियो । तर, लकडाउनका कारण अत्यावश्यक बाहेकका वस्तुको आयात रोकिएपछि लक्ष्यानुसार राजश्व संकलने हुने सम्भवना कम छ ।

लकडाउनको अवधिमा पेट्रोलियम पदार्थ खासै धेरै खपत नभएका कारण चैत १२ गते यता आयात पनि धेरै नभएको महानिर्देशक दाहालले जानकारी दिए ।

भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार लकडाउन अझै लम्बिदै गए राजश्व संकलनमा ठूलो असर पर्ने देखिन्छ ।

भन्सार राजश्व संकलनमा चालु आर्थिक वर्षको फागुनसम्ममा खासै फरक नपरेको भएपनि चैतबाट भने प्रभाव पर्न थालेको प्रवक्ता घिमिरे बताउँछन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : २८ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा