गाडी नचल्दा इन्धनले भरिए निगमका भण्डारगृह | Khabarhub Khabarhub

गाडी नचल्दा इन्धनले भरिए निगमका भण्डारगृह


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनले सवारीसाधन बन्द भएपछि पेट्रेलियम पदार्थको खपत घटेको छ ।

पेट्रोलियम पदार्थको खपत नै नभएपछि नेपाल आयल निगमका सबै भण्डारगृह पेट्रोलियम पदार्थले भरिएका छन् ।

भण्डारण क्षमतामध्ये पेट्रोल ९५ प्रतिशत, डिजेल ९९ प्रतिशत र हवाई इन्धन ९८ प्रतिशत मौज्दात अवस्थामा रहेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार पेट्रोलको ७ हजार ७ सय ६९ किलोलिटरको भण्डारण क्षमतामा ७ हजार ३ सय ८० किलोलिटर मौज्दात छ ।

यस्तै डिजेलको ४० हजार ९ सय ८१ किलोलिटर भण्डारण क्षमतामा ४० हजार ३ सय ८८ किलोलिटर मौज्दात छ ।

हवाई इन्धनको ७ हजार २ सय ५९ किलोलिटरको भण्डारण क्षमतामा ७ हजार १ सय ३३ किलोलिटर मौज्दात अवस्थामा रहेको उनले जानकारी दिए ।

सामान्य अवस्थामा मुलुकभर दैनिक साढे १३ लाख लिटर पेट्रोल र ३७ लाख लिटर डिजेल खपत हुने गरेकोमा अहिले माग घटेर पेट्रोल २ लाख लिटर र डिजेल करिब ५ लाख लिटर मात्र खपत भइरहेको निगमले जनाएको छ ।

इन्धनको खपत पनि नभएको र भण्डारगृह पनि भरिभराउ भएपछि निगमले एकसातादेखि एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थको आयात बन्द गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ४५ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई