उपरथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान | Khabarhub Khabarhub

उपरथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको उपरथीमा बढुवा भएका सुरेश कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाली सैनिक वार कलेज नगरकोटका प्रमुख रहेका सहायक रथी कार्कीलाई गत फाल्गुन १८ गते बसेको मन्त्रीपरिषद्को बैठकले उपरथीमा बढुवा गर्ने गरेको थियो ।

कार्कीलाई शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सेनामा व्यवसायीक अधिकृतका रुपमा चिनिने कार्कीले चीनबाट नेशनल डिफेन्स कोर्स गरेका छन् ।

कार्कीले नगरकोटमा कार्यरत हुंदा राम्रो काम गरेको भन्दै प्रधानसेनापति थापाले एक वर्ष कमाण्ड गर्न पाउनेमा १७ महिना जिम्मेवारीमा राखेका थिए ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी कार्कीलाई रणनितीक हिसावले समेत महत्वपूर्ण मानिने मध्य पूर्वी पृतना हेडक्वाटरमा पृतनापतिको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : २३ बजे

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ