प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार– शुक्रबारदेखि हिँडाउन शुरु | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार– शुक्रबारदेखि हिँडाउन शुरु


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौला प्रत्यारोपण गरी चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक सुधार हुँदै गएको छ ।

त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको जनायएको छ ।

प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि सामान्य हिँडडुल समेत गराउन थालिएको जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक कृष्ण खड्गाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्युको मिर्गौला प्रत्यारोपण गरिएको आज (शुक्रबार) तेस्रो दिन, उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ । आजदेखि उहाँलाई हिँडडपुल गराउन थालिएको छ । साथै, ठोस आहार दिन थालिएको छ ।’

कार्यकारी निर्देशक खड्गाद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका पनि जनाइएको छ ।

साथै, प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी नता पर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार हुँद गएको अस्पतालले जनाएको छ । संग्रौलालाई पनि ठोस आहार दिन थालिएको खड्गाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : १४ बजे

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह