'कुनै मन्त्री या सांसदलाई संक्रमण भएको रहेछ भने संसदको हालत के होला ?' | Khabarhub Khabarhub

‘कुनै मन्त्री या सांसदलाई संक्रमण भएको रहेछ भने संसदको हालत के होला ?’


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट जोगिन संसदमा कुनै व्यवस्था नभएको भन्दै संसद् बैठक नचलाउन माग भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले कुनै मन्त्री वा सांसदलाई संक्रमण भएको रहेछ भने संसदको हालत के होला भन्दै प्रश्न समेत गरे ।

कोरोना भाइरसले विश्वभरी त्रास फेलिएको भन्दै उनले भीडभाडमा नजान भनेर सूचना जारी गर्ने तर सांसदले सावधानी नअपनाउे कुरा उपयुक्त नभएको बताए ।

‘कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ, डाक्टरहरु यसको उपाय सचेतना नै हो भनिरहेका छन्,’ उनले भने, ‘भीडभाडमा नजानू, भोजभतेर नगर्नू त भनियो, तर हामी सांसदले कति सावधानी अपनाएका छौं।’ सांसद पनि भीडभाडमा जाने, मन्त्रीले सयौं सेवाग्राहीलाई भेट्ने भएकाले संसद रोक्न उनले माग गरे ।

‘संसदमा हेल्थ डेक्स छैन, संसदभित्र प्रवेश गर्दा टेस्ट नगरी प्रवेश गर्छौं,’ उनले भने, ‘मानौं कुनै मन्त्रीजी या सांसदलाई संक्रमण भएको रहेछ भने हाम्रो संसदको हालत के होला? कि पूर्ण तयारी गरेर संसद चलाऔं या बन्द गरौं ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : १० बजे

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार