बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा | Khabarhub Khabarhub

बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बार्यनले होफिनहमलाई ४–३ गोल अन्तरले पराजित गर्‍यो ।

लेवान्डोस्कीले सिजनको ३४ औ र ३५ औ गोल गर्दै बार्यनलाई महत्वपूर्ण जित दिलाए । पोल्याण्डका फरवार्डले पहिलो र दोस्रो हाफ दुवैमा एक एक गोल गरेका थिए ।

सुरुवाती गोल बार्यनका जेरोमी बोटेङ्ग र होफेनहमका बेन्जामिन हुबनरले आत्मघाति गरे । लगत्तै थोमस मुलरले गोल गर्दै बार्यनलाई अगाडी बढाएका थिए ।

मुनास डाबरले दुई गोल गर्दै होफेनहमलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेनन् । लेवान्डोस्कीले २९ खेलमा ३५ गोल गर्दै चालू सिजनमा आफुलाई उत्कृष्ट फर्ममा राखेका छन् । पछिल्ला चार खेलमा उनले निरन्तर गोल गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : २७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र