बराबरीमै सीमित भए जावलाखेल र एनआरटी | Khabarhub Khabarhub

बराबरीमै सीमित भए जावलाखेल र एनआरटी


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लब र न्यु रोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।

सोमबार भएको खेलमा जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएको जावलाखेलले गोलरहित बराबरीमा खेल्दा  १ अंकमै चित्त बझाउनु पर्‍यो ।

‘हामीले ३ अंकका लागि प्रतिस्पर्धा गरेका थियौं । गोल नहुँदा १ मा चित्त बझाउनु पर्यो ,´ जावलाखेलका प्रशिक्षक नरेश थापाले भने, ‘जीत हात पार्न सकेको भए केही घण्टाका लागि भए पनि शीर्ष स्थानमा हुँन्थ्यौं । त्यो क्लबलका लागि पनि राम्रो हुन्थ्यो ।´

बराबरी खेलेको जावलाखेल ९ अंकसहित चौथो स्थानमा रहेको छ । तर, जीत हात पार्न सकेको भए शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा २ अंकले अगाडि हुन्थ्यो । मनाङको ४ खेलबाट ९ अंक रहेको छ।

यता, एनआरटीका प्रशिक्षकले खेलाडीको प्रदर्शनमा सन्तुष्ट हुन नसकेको बताए । ‘आजको खेलमा जीत हात पार्नु पर्ने थियो, तर बराबरी भयो ।  यो खेलमा सन्तुष्ट हुन सकिने छैन ।’

बराबरी खेलेको एनआरटी लिगको ८ औं स्थानमा छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  २ : ५२ बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको