सम्पदाको पुनर्निर्माण महानगरको प्राथमिक योजनामा छ : मेयर शाक्य | Khabarhub Khabarhub

सम्पदाको पुनर्निर्माण महानगरको प्राथमिक योजनामा छ : मेयर शाक्य


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताएका छन्।

उनले सम्पदा संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको पनि बताए। आज वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

‘क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदाको निर्माण–पुर्ननिर्माणको अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको छ,’ उनले भने, ‘गुठी परम्परालाई जीवन्त बनाइराख्न पनि काठमाडौँ महानगरपालिकाले आवश्यक लगानी गर्दै आएको छ ।’

उनले सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम आग्रह समेत गरे ।

‘तपाईँहरु सम्पदा निर्माण–पुर्ननिर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न,’ उनले भने, ‘सम्पदा निर्माण एक जनाको मात्र पहलमा सम्भव हुँदैन । सबैको सहयोग आवश्यक रहने भएकाले महानगरपालिका भित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक छ ।’

शाक्यले कार्यक्रममा सम्वोधन गर्दै कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पुर्‍याउँदै आएको स्मरण समेत गराए ।

काठमाडौँ नगर भित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको वज्रयान महाविहार, जनबहाल (सेतो मत्स्येन्द्रनाथ)को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी समेत दिए ।

‘मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर हो । काठमाडौँ महानगरलाई मुर्त–अमुर्त सम्पदाले सुन्दर बनाएको छ,’ शाक्यले भने, ‘सहरभित्रका सम्पदालाई काठमाडौँबाहिरका सम्पदासँग जोडेर पर्यटन क्षेत्रको विकास गर्ने र यसबाट स्थानीयको आयमा समेत वृद्धि गर्ने योजना अनुसार केही दिन अघि मात्रै हामीले लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना गरेका छौं । यसै गरी भगवान वुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति पार्क निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेका छौं ।’

सम्पदा क्षेत्रको व्यवस्थापनमा गरिएको त्यो लगानीले पर्यटन उद्योगमार्फत राष्ट्रिय समृद्धिमा टेवा पुग्ने अपेक्षा लिएको पनि बताए ।

‘स्थानीयलाई राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान गराउन हामीले लुम्बिनीमा नेपाली बिहार निर्माण गर्न ४ करोड २० लाख सहयोग गरेका छौं,’ उहाँले भन्नुभयो, ‘कामठाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्न नगर–नगर साझेदारी कार्यक्रम अन्र्तरगत काठमाडौँका सबै नगरसहित मध्यपुर थिमीमा शंखधर पार्क निर्माणका लागि पनि सहयोग गरेको छ ।’

विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो ।

त्यसमध्ये पहिलो चरणमा करीब १ करोड लागतका काम हुनेछ । विस्तारित भवन निर्माण उपभोक्ता समितिका संयोजक अभयरत्न कंसाकारले भने, ‘पहिलो चरणमा लाग्ने कुल ९९ लाख ९९ हजार १६५ रुपैयाँको १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोर्नेछ । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हुनेछ ।’

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ४ : १४ बजे

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले