अस्पताल सफाइ अभियान | Khabarhub Khabarhub

अस्पताल सफाइ अभियान


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पताललाई सुन्दर र सफा बनाई राख्न साप्ताहिक रुपमा सरसफाइ अभियान शुरु गरिएको छ । यहाँका युवा तथा सामाजिक अभियन्ताहरुले हरेक शनिबार अस्पताल सफाइको अभियान शुरु गरेका हुन् ।

अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आज अस्पताल परिसर सरसफाइ गरिएको छ । भरतपुर महानगरपालिकाको युवा सञ्जालको अगुवाइमा हरेक शनिबार बिहान ७ बजे अस्पतालमा सरसफाइ अभियान गरिने जानकारी दिइएको छ । अभियानमा ‘भरतपुर अस्पतालका साथीहरु’ नामक संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुने भएका छन् ।

अभियानमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारी, समितिका सदस्य केशव देवकोटा, भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमख महेन्द्र पौड्याल, युवा सञ्जाल संयोजक सन्देश वाग्लेलगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष अधिकारीले अभियन्ताहरुलाई धन्यवाद व्यक्त गर्दै हरेक अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरे । भरतपुर अस्पतालमा दैनिक करिब एक हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १२ : ४५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला