अमेरिकामा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकैदिन २ लाख २४ हजारमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकैदिन २ लाख २४ हजारमा संक्रमण


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ  ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २४ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ ।  अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि शुक्रबार (१९ मंसिरमा) २ लाख २० हजार ६४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

करिव २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला तीन दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ४७ लाख ६१ हजार २८७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ५८ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५८ लाख १७ हजार १९३ जनामध्ये २६ हजार १५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६४९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८५ हजार ४८१ पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : ३३ बजे

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी