आईपीएलमा आज मुम्बई र दिल्ली भिड्दै, जित्ने टोली फाइनल पुग्ने | Khabarhub Khabarhub

आईपीएलमा आज मुम्बई र दिल्ली भिड्दै, जित्ने टोली फाइनल पुग्ने


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ ।

जारी आईपीएलको क्वालिफायर–१ को खेल नेपाली समयानुसार बेलुकी ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो । उसले कूल १८ अंक जोडेको छ । लिगका १४ मध्ये पाँच खेलमा मात्रै पराजय बेहोरेको मुम्बई उत्कृष्ट लयमा छ ।

१६ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ । ८ खेलमा जित र ६ खेल हारेको दिल्ली समूह चरणको अन्तिम खेलमा बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो ।

समूह चरणको दुवै खेलमा मुम्बईले दिल्लीलाई स्तब्ध पारेको थियो । पहिलो म्याचमा १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले दिल्लीलाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो म्याचमा दिल्लीलाई नौ विकेटले हराएकाले मुम्बई नै खेल हाबी हुने विश्लेषण गरिएको छ ।

विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ ।

इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।

अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच उपाधिका लागि आगामी सोमबार दुबईमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : ५५ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु