च्याम्पियन्स लिगमा आरबी लेइप्जिगसँग पीएसजी पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा आरबी लेइप्जिगसँग पीएसजी पराजित


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पराजित भएको छ ।

समूह एच अन्तर्गत बुधबार राति भएको खेलमा ९ खेलाडीमा सीमित भएको पीएसजीलाई आरबी लेइप्जिगले २–१ ले पराजित गर्‍यो ।

सुरुको छैटौँ मिनेटमा नै एन्जल डी मारियाले गोल गरेर पीएसजीलाई सुरुवाती अग्रता दिलाए पनि ४१औँ मिनेटमा एनकुन्कुले आरबीका लागि बराबरी गोल गरे ।

५७औँ मिनेटमा पाएको पेनाल्टीमा फोर्स्बर्गले गोल गरी आरबीलाई जिततर्फ अग्रसर गराए । ६९औँ मिनेटमा गुआइ र इन्जुरी समयको पाँचौँ मिनेटमा किम्पेम्बे दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पीएसजी ९ खेलाडीमा सीमित भयो र अन्ततः खेल पीएसजीले खेल हार्‍यो ।

पराजित भएको पिएसजी तीन अंकसहित तेस्रो स्थानमा रहेको छ । जितसँगै आरबी ६ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ७ : ३८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको