‘गुण्डानाइके’‘बले’विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर | Khabarhub Khabarhub

‘गुण्डानाइके’‘बले’विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सम्पत्ति शुद्धीकरण विभागले ‘गुण्डानाइके’ बलराम सापकोटा ‘बले’ र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्द दायर गरेको छ। विभागले सोमबार विशेष अदालतमा १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो।

काभ्रेको रोसी ४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेकाविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धानका लागि निवेदन दिएपछि विभागले अनुसन्धान शुरु गरेको थियो। यसअघि उनी जुवाखालबाट पक्राउ परेका थिए। उनी जुवाखालबाट पक्राउ परेपछि प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धान लागि पठाएको थियो।

विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ। बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न पनि माग गरिएको छ।

बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ। पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको शेयर लगानी रहेको ‘त्यसको स्रोत नखुलेको दावी गरिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ४० बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि