ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा एकजनाको मृत्यु | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा एकजनाको मृत्यु


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबारमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार राति गुल्मीदरबार गाउँपालिका–१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका गुल्मीदरबार–१ निवासी धनबहादुर माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलका अनुसार दुर्घटनामा कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका–१ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाइते भएका छन् ।

घाइते २ जनाकै मजुवास्थित सारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १ : ५७ बजे

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र